नियम २४
प्रवेश दस्तूरमा छुट

(१) सरकारी काम कारबाहीको सिलसिलामा कुनै कर्मचारी निकुञ्जभित्र प्रवेश गर्दा दस्तूर लाग्ने छैन ।

(२) कसैले निकुञ्जभित्र पर्ने कुनै धार्मिक स्थलमा आफ्नो परम्परा अनुसार पाठपूजा वा दर्शन गर्नको लागि निकुञ्जभित्र प्रवेश गर्दा दस्तूर लाग्ने छैन ।

(३) निकुञ्जभित्र वा निकुञ्ज भएर मात्र पुग्न सकिने गाउँमा स्थापित सार्वजनिक संस्थामा काम गर्ने नेपाली तथा गैरनेपाली कर्मचारीलाई र त्यस्तो संस्थाको सेवा उपभोग गर्ने व्यक्तिलाई र नियम २० बमोजिम बाटोको सुविधा प्रयोग गर्ने स्थानीय व्यक्तिलाई प्रवेश दस्तूर लाग्ने छैन ।

(४) नियम ३१ बमोजिम नेपाल सरकारसित करार गरी कुनै सेवा संचालन गर्ने व्यक्ति वा संस्थाको कर्मचारीको प्रवेश दस्तूरको हकमा सोही करारमा लेखिए बमोजिम हुनेछ ।

(५) निकुञ्जको अध्ययन भ्रमण गर्न चाहने  कुनै शिक्षण संस्था वा अन्य कुनै संस्थाको व्यक्ति वा दललाई निकुञ्जभित्र संरक्षकले नि:शुल्क प्रवेश गर्न दिन सक्नेछ ।